公益社団法人 福岡県国際交流センター

निवासी विदेशीको सहायता

नयाँ जानकारी
निवासी विदेशीको सहायता

फुकुओका जिल्ला अन्तर्राष्ट्रिय आदानप्रदान केन्द्रमा विभिन्न स्थितिमा जिल्लामा बसोबास गर्ने विदेशी नागरिकहरूलाई सहयोग गरिन्छ।

विदेशी नागरिकको लागि जानकारी प्रदान गर्ने

विपद्को बेलाको सहयोग

विपद्को बेलाको लागि बहुभाषी परामर्श केन्द्रको स्थापना

ठूलो विपद् आएको बेला विपद्‌मा परेका विदेशी नागरिकहरूलाई आवश्यक जानकारी तुरुन्तै प्रदान गर्नको लागि फुकुओका जिल्लासँगको सहकार्यमा “फुकुओका जिल्ला विपद्को बेला बहुभाषी सहयोग केन्द्र” को स्थापना गरी, विपद् गएको सहर, नगरपालिका र गाउँपालिकाको अनुरोधमा दोभासे र अनुवाद सहयोग प्रदान गर्नुका साथै विभिन्न भाषाहरूमा “विपद् बहुभाषी जानकारी” प्रदान गरिन्छ।

फुकुओका जिल्ला विपद्को बेला बहुभाषी सहयोग केन्द्रको मुख्य कार्यहरू
  • (1)विभिन्न भाषाहरूमा विपद् सम्बन्धित जानकारी प्रदान गर्ने
    • ・विपद रोकथाम नाभिगेशन [ ममोरुकुन ] द्वारा जानकारी गराउने
    • ・यस केन्द्रको होमपेज मार्फत जानकारी प्रदान गरिनेछ

    ※ (1) र (2) दुबैमा सामान्यतया अंग्रेजी, चाइनिज, कोरियन र सजिलो जापानी भाषा गरी 4 भाषाहरूमा सेवा दिइनेछ।

  • (2)विपद् गएको सहर, नगरपालिका र गाउँपालिकाको विदेशी नागरिकसँग कुराकानी आदि गर्नको लागि आवश्यक दोभासे, अनुवाद आदिको सहयोग गर्ने
    • ・विदेशी नागरिकहरूको स्थितिको बारेमा विपद् गएको सहर, नगरपालिका र गाउँपालिकाबाट जानकारी सङ्कलन गर्ने
    • ・विपद् गएको सहर, नगरपालिका र गाउँपालिकाबाट गरिएको अनुरोध अनुसारको सहयोग गर्ने
    • विपद्को बेलाको बहुभाषी जानकारी सहयोग
    • आश्रय स्थल सञ्चालनमा आवश्यक दोभासे र अनुवाद
    • सहयोग आवश्यक स्थलमा विपद्को बेला दोभासे र अनुवाद स्वयंसेवक पठाउने
निवासी विदेशीको सहायता