公益社団法人 福岡県国際交流センター

बारम्बार सोधिने प्रश्नहरू

अन्य
बारम्बार सोधिने प्रश्नहरू
Q

मलाई विदेशी राष्ट्रको संस्कृति तथा चालचलन आदिमा रुचि हुनाले म विभिन्न जानकारी मुलुक कार्यक्रम तथा इभेन्टहरू आदिमा पनि सहभागी हुन चाहन्छु। कुनै बिशेष जानकारी छ होला?

A

फुकुओका मा धेरै अन्तर्राष्ट्रिय संस्कृतिक आदानप्रदान र अन्तर्राष्ट्रिय सहयोग गरिरहेका संघसंस्थाहरू छन्। फुकुओका अञ्चल अन्तर्राष्ट्रिय आदानप्रदान केन्द्र 「फ़ुकुओक ईज ओपन सेन्टर(FUKUOKA IS OPENセンター) 」 को होमपेजमा यस्ता कार्यक्रम या अन्य जानकारी राखिएकोले हेर्न सक्नुहुनेछ। साथै 「फ़ुकुओक ईज ओपन सेन्टर (FUKUOKA IS OPENセンター)」मा अन्तर्राष्ट्रिय आदानप्रदान तथा अन्तर्राष्ट्रिय बुझाइलाई प्रवर्द्धन गर्नको लागि नियमित रूपमा इभेन्टको आयोजना भइरहने हुनाले रुचि भएको व्यक्तिले नछुटाईकन भाग लिनुहोस्।अन्तर्राष्ट्रिय आदानप्रदान संघसंस्थाहरू आदिको रिपोर्ट तथा पर्चाहरू आदि राखिएको हुनाले हेर्न सकिनेछ।

Q

「फ़ुकुओक ईज ओपन सेन्टर (FUKUOKA IS OPENセンター)」मा कार्यक्रमहरुको पर्चासामाग्री राख्न पाइन्छ ?

A

「फ़ुकुओक ईज ओपन सेन्टर (FUKUOKA IS OPENセンター) 」 फुकुओका जिल्ला अन्तर्राष्ट्रिय आदानप्रदान केन्द्रद्वारा सञ्चालित सार्वजनिक सुविधा हो। त्यसकारण सूचना प्रचार तथा जानकारी कर्नरमा अन्तर्राष्ट्रिय आदानप्रदान र विदेशी नागरिक सहयोगलाई लक्षित जानकारी राख्ने गरिएको छ। सामान्यतया नाफा कमाउने उद्देश्य र राजनीति, धर्म सम्बन्धित कुराहरू आदि राख्न पाइँदैन।

Q

कार्यक्रममा राष्ट्रिय झण्डा प्रयोग गर्न चाहन्छु। त्यो इभेन्टको लागि राष्ट्रिय झण्डा सापटी लिन सकिन्छ?

A

यस केन्द्रमा जिल्लाभित्रको विद्यालय र अन्तर्राष्ट्रिय आदानप्रदान संघसंस्थाहरू, NPO संघ आदिलाई राष्ट्रिय झण्डा सापटी दिने गरेको छ। विस्तृत जानकारीको लागि राष्ट्रिय झण्डा सापटी हेर्नुहोस् ।

Q

फुकुओका ईयु संघको बारेमा जानकारी दिनुहोस्।

A

फुकुओका ईयु संघ भनेको फुकुओका अञ्चल र ईयु को पारस्परिक बुझाइ तथा मित्रतालाई प्रगाढ बनाउने मैत्री संघ हो। फुकुओका ओपन सेन्टर र र क्युस्यु इलेक्ट्रिक पावर कम्पनी लिमिटेडले यसको कार्यालयको जिम्मा लिएको छ। आकुरोसु फुकुओका आठौँ तल्ला फुकुओका जिल्ला अन्तर्राष्ट्रिय आदानप्रदान केन्द्रभित्र यसको काउन्टर छ र त्यहाँ सदस्य बन्ने प्रक्रिया आदि गर्न सकिन्छ। गतिविधि विवरण आदिको बारेमा फुकुओका ईयु संघको होमपेज हेर्नुहोस्।

Q

बैदेशिक अध्यनको बारेमा जानकारी भएमा जानकारी दिनुहोस्।

A

आकुरोसु फुकुओकाको तेस्रो तल्लामा रहेको यस केन्द्र「फ़ुकुओक ईज ओपन सेन्टर (FUKUOKA IS OPENセンター)」 मा बैदेसिक अध्ययनसंग सम्बन्धित विभिन्न जानकारी तथा सुचनामुलक सामग्री ,पम्प्लेट शुल्कसम्बन्धि सामग्री आदि राखिएकोले निर्धक्क प्रयोग गर्न सक्नुहुनेछ।

Q

म हालसालै विदेशबाट आएको व्यक्ति हुँ र म जापानी भाषा सिक्न चाहन्छु। जापानी भाषा सिक्न सकिने ठाउँ छ?

A

स्वयंसेवकहरूले लिनुहुने जापानी भाषा क्लास जिल्लाको विभिन्न ठाउँहरू र 「फ़ुकुओक ईज ओपन सेन्टर (FUKUOKA IS OPENセンター) 」मा आयोजना गरिरहेका छन्।
विस्तृत जानकारीको लागि जापानी भाषा अध्ययन हेर्नुहोस्।

Q

विभिन्न बिषयमा परामर्ष गर्न चाहन्छु तर जापानिज भाषामा स्पष्ट संबाद गर्ननसक्ने भएकोले जापानी के बाहेक अन्य भाषामा परामर्ष लिन सकिन्छ ?

A

आकुरोसु फुकुओकाको तेस्रो तल्लामा रहेको यस केन्द्र「फ़ुकुओक ईज ओपन सेन्टर(FUKUOKA IS OPENセンター) 」मा जापानिज भाषासहित विभिन्न २४ भाषामा परामर्ष लिन सकिन्छ। प्रत्यक्ष परामर्ष बाहेक फोन ,ईमेल या अनलाईन मार्फत पनि परामर्ष लिन सकिनेछ। परामर्श निशुल्क रहनेछ साथै फोनमार्फत परामर्ष गर्दा फोन शुल्क पनि निशुल्क रहने भएकोले परामर्ष गर्न चाहेको बिषय वा समस्या परेको बिषयमा निर्धक्क परामार्ष लिनसक्नुहुनेछ।
साथै फुकुओका अध्यागमन बिभाग वा फुकुओका बिदेशी नागरिक श्रम केन्द्र साथै वकिल ,कानुनी लेखापढी व्यक्तित्व,सामाजिक बिमा तथा श्रम सल्लाहकार संग पनि परामर्श गर्न सकिनेछ । बृस्तीत जानकारी परामर्षको समयमा उपलब्ध हुनेछ ।

Q

मेरो चिनजानको बिदेशी मित्र रोजगार खोज्दै हुनुहुन्छ ,उहाँलाई रोजगारी लागि कतै सिफारिस गर्न सक्नुहुनेछ ?

A

बिदेशी नागरिकको संग सम्बन्धित परामर्ष ,सिफारिस कार्यशाला प्रत्येक मंगलबार १३ बजे देखि १७ बजेसम्म 「फ़ुकुओक ईज ओपन सेन्टर(FUKUOKA IS OPENセンター) मा फुकुओका बिदेशी नागरिक श्रम केन्द्रका प्रतिनिधिसंग प्रत्यक्ष गर्न सकिनेछ ।

Q

विदेशी भाषामा सेवा उपलब्ध स्वास्थ्य संस्थाको जानकारी दिनुहोस्

A

फुकुओका जिल्ला मेडिकल सेन्टरको होमपेजमा अंग्रेजी भाषा बाट विदेशी भाषामा कुराकानी गर्न सकिने स्वास्थ्य संस्था खोज्न सकिन्छ। साथै "फुकुओका अन्तर्राष्ट्रिय चिकित्सा सहायता केन्द्र" मा विदेशी भाषामा सेवा प्रदान गरिने स्वास्थ्य संस्था र चिकित्सा दोभासे सेवा उपलब्ध स्वास्थ्य संस्थाको जानकारी र फुकुओका जिल्लाभित्र भएका स्वास्थ्य संस्थाको जानकारी, जापानको चिकित्सा प्रणालीको जानकारी र चिकित्सकसँगको कुराकानी दोभासेले फोन मार्फत सहयोग गर्ने स्वास्थ्य संस्थाको जानकारी प्रदान गरिन्छ।
विस्तृत जानकारीको लागि फुकुओका जिल्लाभित्रको उपयोगी जानकारी हेर्नुहोस्।

Q

फुकुओका जिल्ला अन्तर्राष्ट्रिय आदानप्रदान केन्द्रमा काम गर्नको लागि के गर्नुपर्छ?

A

अवकाश लिएको व्यक्ति भएमा वा कर्मचारी नपुगेको खण्डमा यस केन्द्रको होमपेज आदिमा आवेदन खुला गरिनेछ।