公益社団法人 福岡県国際交流センター

बारम्बार सोधिने प्रश्नहरू

अन्य
बारम्बार सोधिने प्रश्नहरू
Q

मलाई विदेशी राष्ट्रको संस्कृति तथा प्रचलन आदिमा रुचि हुनाले म विभिन्न जानकारी तथा इभेन्टहरू आदिमा पनि सहभागी हुन चाहन्छु। कुनै राम्रो जानकारी छ?

A

फुकुओकामा धेरै अन्तर्राष्ट्रिय आदानप्रदान र अन्तर्राष्ट्रिय सहयोग गरिरहेका संघसंस्थाहरू छन्। फुकुओका जिल्ला अन्तर्राष्ट्रिय आदानप्रदान केन्द्र 3F को "कोकुसाइ हिरोबा" मा यस्ता अन्तर्राष्ट्रिय आदानप्रदान संघसंस्थाहरू आदिको रिपोर्ट तथा पर्चाहरू आदि राखिएको हुनाले हेर्न सकिन्छ।
साथै ठूलो संख्यामा जुनसुकै राष्ट्रको नागरिक पनि जम्मा भई कुराकानी गर्न सकिने आदानप्रदान स्पेस पनि छ। साथै यहाँ सम्पूर्ण जिल्लाबासीको अन्तर्राष्ट्रिय आदानप्रदान तथा अन्तर्राष्ट्रिय बुझाइलाई प्रवर्द्धन गर्नको लागि नियमित रूपमा इभेन्टको आयोजना भइरहने हुनाले रुचि भएको व्यक्तिले नछुटाईकन भाग लिनुहोस्।
विस्तृत जानकारीको लागि इभेन्ट जानकारी हेर्नुहोस्।

Q

म मैले जानेको भाषाको उपयोग गरी स्वयंसेवा गर्न चाहन्छु। मेरो लागि कुनै अवसर छ?

A

फुकुओका जिल्ला अन्तर्राष्ट्रिय आदानप्रदान केन्द्रमा सम्पूर्ण जिल्लाबासीसँग भएको क्षमताको उपयोग गरी विदेशी नागरिकसँगको अन्तर्राष्ट्रिय आदानप्रदानलाई प्रवर्द्धन गर्नको लागि स्वयंसेवा प्रणालीको व्यवस्था गरिएको छ। निम्न तीन प्रकारका स्वयंसेवाहरू छन्।

① विदेशी नागरिकलाई जापानीको पारिवारिक जीवन अनुभव गराई, जापानप्रतिको बुझाइलाई बढाउन सहयोग गर्ने "होमस्टे तथा होम भिजिट स्वयंसेवक"
② अन्तर्राष्ट्रिय आदानप्रदानसँग सम्बन्धित गैर नाफामुखी गतिविधिहरूमा सरल दोभासे र अनुवादको सहयोग गर्ने "दोभासे र अनुवाद स्वयंसेवक"
③ माथि लेखिएको ② को "दोभासे र अनुवाद स्वयंसेवक" मध्ये विपद्को बेला सरल दोभासे र अनुवाद सहयोग गर्ने "विपद्को बेला दोभासे र अनुवाद स्वयंसेवक"

विस्तृत जानकारीको लागि स्वयंसेवा हेर्नुहोस्।

Q

"कोकुसाइ हिरोबा" मा इभेन्टको पर्चा राख्न पाइन्छ?

A

"कोकुसाइ हिरोबा" फुकुओका जिल्ला अन्तर्राष्ट्रिय आदानप्रदान केन्द्रद्वारा सञ्चालित सार्वजनिक सुविधा हो। त्यसकारण जानकारी प्रदान कर्नरमा अन्तर्राष्ट्रिय आदानप्रदान र विदेशी नागरिक सहयोगलाई लक्षित जानकारी राख्ने गरिएको छ। सामान्यतया नाफा कमाउने उद्देश्य र राजनीति, धर्म सम्बन्धित कुराहरू आदि राख्न पाइँदैन।

Q

"कोकुसाइ हिरोबा" मा इन्टरनेट प्रयोग गर्न सकिन्छ?

A

"कोकुसाइ हिरोबा" मा निःशुल्क Wi-Fi द्वारा इन्टरनेटको प्रयोग गर्न सकिन्छ।
यसको प्रयोग कसरी गर्न थाहा पाउनको लागि कृपया सचिवालयमा सम्पर्क गर्नुहोस्।

Q

म इभेन्टमा राष्ट्रिय झण्डा प्रयोग गर्न चाहन्छु। त्यो इभेन्टको लागि राष्ट्रिय झण्डा सापटी लिन सकिन्छ?

A

फुकुओका जिल्ला अन्तर्राष्ट्रिय आदानप्रदान केन्द्रले जिल्लाभित्रको विद्यालय र अन्तर्राष्ट्रिय आदानप्रदान संघसंस्थाहरू, NPO संघ आदिलाई राष्ट्रिय झण्डा सापटी दिने गरेको छ।
विस्तृत जानकारीको लागि राष्ट्रिय झण्डा सापटी हेर्नुहोस्

Q

फुकुओका EU संघको बारेमा जानकारी दिनुहोस्।

A

फुकुओका EU संघ भनेको फुकुओका जिल्ला र EU को पारस्परिक बुझाइ तथा मित्रतालाई प्रगाढ बनाउने मैत्री संघ हो। फुकुओका जिल्ला अन्तर्राष्ट्रिय आदानप्रदान केन्द्र र क्युस्यु इलेक्ट्रिक पावर कम्पनी लिमिटेडले यसको कार्यालयको जिम्मा लिएको छ। अक्रोस फुकुओका 8F को फुकुओका जिल्ला अन्तर्राष्ट्रिय आदानप्रदान केन्द्रभित्र यसको काउन्टर छ र त्यहाँ सदस्य बन्ने प्रक्रिया आदि गर्न सकिन्छ। गतिविधि विवरण आदिको बारेमा फुकुओका EU संघको होमपेज हेर्नुहोस्।

Q

विदेशमा अध्ययन गर्ने कुराबारे जानकारी भएमा जानकारी दिनुहोस्।

A

यस सेन्टरमा एक्रस फुकुओका तेस्रो तल्लाको [कोकुसाइ हिरोबा ] अन्तर्गत विदेशी विद्यार्थीहरूसँग सम्बन्धित जानकारीहरू प्रदान गर्ने तथा विदेशी विद्यार्थीहरू सम्बन्धित पुस्तकहरू राखिएका छन् | निर्धक्कसँग प्रयोग गर्नुहोस् |

Q

म हालसालै विदेशबाट आएको व्यक्ति हुँ र म जापानी भाषा सिक्न चाहन्छु। जापानी भाषा सिक्न सकिने ठाउँ छ?

A

स्वयंसेवकहरूले जापानी भाषा क्लास जिल्लाको विभिन्न ठाउँहरू र "कोकुसाइ हिरोबा" मा आयोजना गरिरहेका छन्।
विस्तृत जानकारीको लागि जापानी भाषा अध्ययन हेर्नुहोस्।

Q

म विभिन्न कुराहरूबारे परामर्श लिन चाहन्छु तर जापानी भाषा बोल्न सक्दिनँ। जापानी भाषा बाहेकका भाषाहरूमा पनि परामर्श लिन सकिन्छ?

A

अक्रोस फुकुओका 3F "कोकुसाइ हिरोबा" प्रवेशद्वारमा भएको "फुकुओका जिल्ला विदेशी नागरिक परामर्श केन्द्र" मा जापानी भाषा लगायत 22 राष्ट्रका भाषाहरूमा परामर्श लिन सकिन्छ। प्रत्यक्ष काउन्टरको परामर्शका साथै फोन तथा इमेल मार्फत पनि परामर्श लिन सकिन्छ। निःशुल्क परामर्श दिइन्छ र फोन गरेको शुल्क पनि नलाग्ने हुनाले परामर्श लिन चाहने कुरा वा कुनै समस्या आदि भएमा संकोच नमानीकन यो सेवा प्रयोग गर्नुहोस्।

साथै यस सार्वजनिक हितकारी संघले "फुकुओका जिल्ला विदेशी नागरिक परामर्श केन्द्र" का साथै अन्य संघसंस्थासँग सहकार्य गरिरहेको विदेशी नागरिक मानव अधिकार सम्बन्धी परामर्श आदि पनि हुनाले प्रयोग गर्नुहोस्।
विस्तृत जानकारीको लागि परामर्श हेर्नुहोस्

Q

>मैले चिनेको विदेशी नागरिकले फुकुओकामा रोजगार खोजिरहेको छ। रोजगार सम्बन्धी जानकारी पाउन सकिन्छ?

A

विदेशी नागरिकको रोजगार सम्बन्धी परामर्श र रोजगार अवसरहरूको जानकारी हेलो वर्क फुकुओका च्युओ / विदेशी नागरिक रोजगार सेवा केन्द्रमा दिइन्छ। विस्तृत जानकारीको लागि फुकुओका जिल्लाभित्रको उपयोगी जानकारी हेर्नुहोस्।

साथै यस सार्वजनिक हितकारी संघभित्र रहेको फुकुओका जिल्ला विदेशी विद्यार्थी सहायता केन्द्र (FiSSC) ले विदेशी विद्यार्थीको आरुबाइतो (पार्ट-टाइम जोव) सम्बन्धी जानकारी र पढाइ पूरा गरेपछिको रोजगार सहयोग गर्दछ।

Q

विदेशी भाषामा सेवा उपलब्ध स्वास्थ्य संस्थाको जानकारी दिनुहोस्।

A

फुकुओका जिल्ला मेडिकल सेन्टरको होमपेजमा अंग्रेजी भाषामा, विदेशी भाषामा कुराकानी गर्न सकिने स्वास्थ्य संस्था खोज्न सकिन्छ। साथै "फुकुओका अन्तर्राष्ट्रिय चिकित्सा सहायता केन्द्र" मा विदेशी भाषामा सेवा प्रदान गरिने स्वास्थ्य संस्था र चिकित्सा दोभासे सेवा उपलब्ध स्वास्थ्य संस्थाको जानकारी र फुकुओका जिल्लाभित्र भएका स्वास्थ्य संस्थाको जानकारी, जापानको चिकित्सा प्रणालीको जानकारी र चिकित्सकसँगको कुराकानी दोभासेले फोन मार्फत सहयोग गर्ने स्वास्थ्य संस्थाको जानकारी प्रदान गरिन्छ।
विस्तृत जानकारीको लागि फुकुओका जिल्लाभित्रको उपयोगी जानकारी हेर्नुहोस्।

Q

फुकुओका जिल्ला अन्तर्राष्ट्रिय आदानप्रदान केन्द्रमा काम गर्नको लागि के गर्नुपर्छ

A

अवकाश लिएको व्यक्ति वा कर्मचारी नपुगेको खण्डमा यस केन्द्रको होमपेज आदिमा आवेदन खुला गरिनेछ।