公益社団法人 福岡県国際交流センター

अन्तर्राष्ट्रिय विद्यार्थी, छात्रवृत्ति

विदेशीहरुका लागि जानकारी
अन्तर्राष्ट्रिय विद्यार्थी, छात्रवृत्ति
  • मुख्य पृष्ठ
  • विदेशीहरुका लागि जानकारी
  • अन्तर्राष्ट्रिय विद्यार्थी, छात्रवृत्ति

फुकुओका जिल्लामा विदेशी विद्यार्थीलाई पर्ने आर्थिक तथा दैनिक जीवनयापन सम्बन्धी चिन्ता समाधान गर्नको लागि विभिन्न सहयोग प्रणालीहरू छन्। कुनै समस्या परेमा जतिसुकै सानो समस्या भए तापनि सुरुमा एक पटक परामर्श लिनुहोस्।

फुकुओका जिल्ला विदेशी विद्यार्थी सहायता केन्द्र सञ्चालन परिषद् (FiSSC)

FiSSC ले फुकुओका जिल्लाभित्र भएका विश्वविद्यालय आदिमा अध्ययन गर्ने विदेशी विद्यार्थी※1 हरूलाई रोजगार तथा आरुबाइतो (पार्ट-टाइम जोव) को सहयोग गर्दछ। साथै यस केन्द्रले विदेशी विद्यार्थीलाई स्थायी रोजगार र आरुबाइतो (पार्ट-टाइम जोव) रोजगारमा राख्ने कुराबारे विचार गरिरहेका कम्पनीलाई दर्ता गर्न अनुरोध गरी विदेशी विद्यार्थीलाई उक्त रोजगार जानकारी प्रदान गरी म्याचिङ गर्दछ। कुनै पनि शुल्क नलाग्ने हुनाले संकोच नमानीकन यस केन्द्र "कोकुसाइ हिरोबा" (अक्रोस फुकुओका 3F) मा आउनुहोस्।※2

※1 फुकुओका जिल्लाभित्र भएका विश्वविद्यालय, जुनियर कलेज, प्राविधिक कलेज, व्यावसायिक विद्यालय, जापानी भाषा विद्यालयमा अध्ययनरत र स्नातक पछि निर्दिष्ट गतिविधि भिसामा रोजगार गतिविधि गर्ने पूर्व विदेशी विद्यार्थीहरू यसको दायरामा पर्नेछन्। ※2 रोजगार तथा आरुबाइतो (पार्ट-टाइम जव) को जानकारी प्राप्त गर्नको लागि अग्रिम रूपमा काम खोजीको दर्ता गर्नुपर्नेछ। पहिलो पटक आउनुहुने व्यक्तिले "विद्यार्थी परिचय पत्र (कार्ड)" र " (रेसिडेन्स कार्ड)" र आरुबाइतो (पार्ट-टाइम जोव) को खण्डमा "बसोबास योग्यता बाहिरको गतिविधिको अनुमति पत्र" लिएर FiSSC मा आउनुहोस्।

फुकुओका जिल्ला विदेशी विद्यार्थी सहायता केन्द्र सञ्चालन परिषद्(FiSSC)
https://www.fissc.net/work/joblist-howto-regist.html/

फुकुओका जिल्ला अन्तर्राष्ट्रिय आदानप्रदान केन्द्र छात्रवृत्ति

यस केन्द्रले उत्कृष्ट विदेशी विद्यार्थीहरूलाई फुकुओका जिल्लामा आई अध्ययन गर्न प्रोत्साहित गरी स्थानीय अन्तर्राष्ट्रियकरणलाई बढावा दिने उद्देश्यका साथ पढाइ र व्यक्तित्व दुबैमा उत्कृष्ट भई, सक्रिय रूपमा स्थानीय आदानप्रदान गतिविधिहरूमा भाग लिने इच्छा हुँदाहुँदै पनि अध्ययन खर्च निकाल्न कठिनाइ भएका विद्यार्थीहरूलाई छात्रवृत्ति भुक्तानी गरी सहयोग गरिरहेको छ।

लक्षित विद्यार्थीहरू
फुकुओका सहर बाहेकका विश्वविद्यालय, जुनियर कलेज तथा प्राविधिक कलेजमा आफ्नो खर्चमा अध्ययनरत विदेशी विद्यार्थीहरू
भुक्तानी रकम
मासिक 24,000 येन
भुक्तानी अवधि
1 वर्ष
छात्रवृत्ति दिइने विद्यार्थी संख्या
20 जना
आवेदन विधि
अध्ययनरत विश्वविद्यालय आदिको विदेशी विद्यार्थी शाखा अथवा विद्यार्थी शाखा मार्फत आवेदन दिनुपर्नेछ।
आवेदन खुला अवधि
मध्य अप्रिल~मध्य मे तिर (योजना)

विस्तृत जानकारीको लागि "फुकुओका जिल्ला अन्तर्राष्ट्रिय आदानप्रदान केन्द्र विदेशी विद्यार्थी छात्रवृत्ति जारी रूपरेखा" हेर्नुहोस्।pdf file

फुकुओका एसिया विदेशी विद्यार्थी पालनपोषण अभिभावक छात्रवृत्ति

फुकुओका जिल्लामा अध्ययन गरिरहेका एसियाली क्षेत्रका विदेशी विद्यार्थीहरू यसको दायरामा पर्दछन्।यो विदेशी विद्यार्थीलाई सहयोग गरिदिनुहुने कम्पनी तथा संगठनहरू र व्यक्तिहरूले पालनपोषण अभिभावकको रूपमा छात्रवृत्तिको भुक्तानी र विदेशी विद्यार्थीको आदानप्रदान गर्ने प्रणाली हो।

लक्षित विद्यार्थीहरू
फुकुओका प्रान्त भित्रको विश्वविद्यालय, जुनियर कलेज, प्राविधिक विद्यालयहरूमा पढ्ने एसिया महादेश क्षेत्रबाट व्यक्तिगत खर्चमा आएका विदेशी विद्यार्थीहरू
भुक्तानी रकम
मासिक रकम २० हजार येन ( आधारभूत ) ※सहायता दाताको इच्छा अनुसार हुने
भुक्तानी अवधि
1 वर्षको अवधि (सामान्यतया) ※सहायता दाताको इच्छा अनुसार हुने
छात्रवृत्ति दिइने विद्यार्थी संख्या
२९ जना ( रेइवा ४ वर्ष ) ※सहायता दाताको इच्छा अनुसार हुने
आवेदन विधि
आफ्नो विद्यालयको विदेशी विद्यार्थी शाखा अथवा विद्यार्थी शाखाबाट आवेदन दिने
आवेदन खुला अवधि
स्प्रिंग इन्टेक मध्य अप्रिलदेखि मे महिनाको बीच सम्म ( योजना ) अटम इन्टेक अक्टोबरको बिचमा (योजना )

विस्तृत जानकारीको लागि "फुकुओका जिल्ला अन्तर्राष्ट्रिय आदानप्रदान केन्द्र विदेशी विद्यार्थी छात्रवृत्ति जारी रूपरेखा" हेर्नुहोस्।pdf file

यस केन्द्रमा विदेशी विद्यार्थीहरूलाई सहयोग गर्नुहुने सहयोगी (पालनपोषण अभिभावक) को लागि आवेदन खुला गरिएको छ। यो विदेशी विद्यार्थीको स्थिर जीवनयापनको आधार निर्माणका साथै, सम्पूर्ण सहयोगी (पालनपोषण अभिभावक) हरू र विदेशी विद्यार्थीहरू प्रत्यक्ष रूपमा कुराकानी गरी आदानप्रदानलाई प्रगाढ बनाउन सक्ने परियोजना हो। विस्तृत जानकारीको लागि यहाँ हेर्नुहोस्। हामी तपाईंहरूको सहयोगको प्रतीक्षामा छौं।

फुकुओका एसिया विदेशी विद्यार्थी पालनपोषण अभिभावक छात्रवृत्ति
https://kokusaihiroba.or.jp/lifeguide/student/foster-parent/