【FUKUOKA IS OPENセンター】मा फ़ुकुओक अध्यागमन बिभाग संग प्रत्यक्षपरामर्श गर्नसकिने दिन बृद्दी समबन्धि !
FUKUOKA IS OPENセンター भन्नाले फ़ुकुओक अध्यागमन बिभाग तथा फ़ुकुओक बिदेशी नागरिक रोजगार प्रबर्दन्न सेन्टर आदि सम्बन्धित निकायहरु सहकार्य गरि बिदेशी नागरिकको रोजगार नियुक्ति ,रोजगार खोजि तथा अनुबन्ध ,बसोबाष लगायत दैनिकीमा परेका समस्या वा भिषासम्बन्धि समस्याको विभिन्न भाषामा एकै स्थानमा परामर्श गर्नेसकिने भन्ने बुझिन्छ।
प्रत्येक मंगलबर र बिहिबार १३ बजे बाट १७ बजे सम्म FUKUOKA IS OPENセンターमा फ़ुकुओक अध्यागमन बिभागबाट आउनु भएका प्रतिनिधिसंग प्रत्यक्षपरामर्श गर्न सकिन्छ।
संगसंगै अक्टोबर १ तारिक बुधबार बाट प्रत्येक बुधबार १० बजे देखि १४ बजे सम्म पनि परामर्श लिन सकिन्छ !
भिषा एबं अध्यागमन संग सम्बन्धित परामर्श लिन इच्छुक व्यक्तिले निर्धक्क संग परामर्श लिनुहोल।
पालो नपर्खी परामर्श लिन चाहनुहुन्छ भने प्रस्थान भन्दा पहिले नै सम्पर्क गरि पालो सुरक्षित गर्नुहोस।
पालो सुरक्षित गर्न चाहनुहुनेले दिईएको बुकिङ्ग साइट बाट निर्धारण गर्नुहोस। →बुकिङ्ग साइट