公益社団法人 福岡県国際交流センター

परामर्श

विदेशीहरुका लागि जानकारी
परामर्श

यो फुकुओका जिल्लामा बसोबास गर्ने विदेशी नागरिकको लागि परामर्श काउन्टरहरूको सूची हो। कुनै समस्या भएको खण्डमा एउटा संकोच नमानीकन सम्पर्क गरी सोधपुछ गर्नुहोस्।

फुकुओका जिल्ला विदेशी नागरिक परामर्श केन्द्र (Fukuoka MAIC <फुकुओका माइक>)

रोजगार तथा श्रम, आवास, बालबालिकाको शिक्षा जस्ता दैनिक जीवनमा हुने समस्याहरू र जापान बसोबास तथा कानुनी परामर्श जस्ता विभिन्न परामर्शहरू 22 भाषाहरूमा दिइन्छ। परामर्शको लागि काउन्टरमा वा फोन र इमेल मार्फत दर्ता गर्न सकिन्छ।

स्थान
फुकुओका सहर च्युओ वडा तेन्जीन 1-1-1 अक्रोस फुकुओका 3F (सार्वजनिक हितकारी संघ) फुकुओका जिल्ला अन्तर्राष्ट्रिय आदानप्रदान केन्द्र कोकुसाइ हिरोबाको प्रवेशद्वार
परामर्श दिने समय
शनिबार, आइतबार र सार्वजनिक बिदा लगायत बिहानको 10:00 बजेदेखि साँझको 6:00 बजेसम्म (डिसेम्बर 29 तारिख~जनवरी 3 तारिख बाहेक)
सेवा उपलब्ध भाषाहरू
जापानी भाषा लगायत 22 भाषाहरू (जापानी, अंग्रेजी, चाइनिज, कोरियन, भियतनामिज, नेपाली, इन्डोनेसियन, टागालग, पोर्चुगिज, थाइ, स्पेनिश, फ्रेन्च, जर्मन, इटालियन, रसियन, मलेसियन, बर्मी, खमेर र मङ्गोलियन भाषा 、सिंहली भाषा 、हिन्दी भाषा 、बंगाली भाषा)
कार्यविवरण
  1. केन्द्रको काउन्टरमा आउनुहुने व्यक्ति तथा फोन र इमेल मार्फत परामर्शको दर्ता
    फ्री डायल 0120-279-906 (निःशुल्क)
    इमेल fukuoka-maic@kokusaihiroba.or.jp
  2. विदेशी नागरिकले चाहेको परामर्शको लागि चार तर्फी फोनकल र दोभासे सेवाको उपयोग गरी 22 भाषाहरूमा परामर्श सहयोग
  3. परामर्श विवरण अनुसार सम्बन्धित निकायको जानकारी, जानकारी प्रदान गरेको निकायमा फोन मार्फत दोभासे सहयोग
  4. जिल्लाभित्रको विभिन्न सहर, नगरपालिका र गाउँपालिकामा घुम्ती परामर्श सेवा आयोजना (सामान्यतया अग्रिम रूपमा नाम लेखाउनुपर्नेछ)

घुम्ती परामर्श सेवा तालिकाको लागि यहाँ जानुहोस् pdf file

विशेषज्ञहरूद्वारा विभिन्न परामर्श सेवाहरू (सम्बन्धित निकायसँगको सहकार्यमा)

प्रशासनिक लेखक संघ, बार एसोसिएसन, कानुनी मामिला ब्युरोको सहायतामा विशेषज्ञ द्वारा निशुल्क परामर्श सेवा उपलब्ध छ |

विदेशीहरूको निशुल्क कानुनी परामर्श भेला आरक्षण गर्न आवश्यक छ ※पहिलो ४ जनासम्म
परामर्श गर्ने दिन
प्रत्येक महिनाको तेस्रो आइतबार
समय
१३: ००~ १७ बजेसम्म ( आरक्षणको लागि : ०१२०-२७९-९०६
स्थान
कोकुसाइ हिरोबा मिटिंग कोठा ( फुकुओका सि च्युओ कु तेन्जिन १-१-१ आकुरोस फुकुओका तेस्रो तला )
परामर्श गर्ने भाषा
जापानी भाषा समेत गरेर २२ भाषाहरू ( दोभासे आवश्यक भएमा टेलिफोन अनुवाद सेवाको प्रयोग गर्ने )
सम्बन्धित ठेगाना
फुकुओका विदेशी नागरिक परामर्श केन्द्र ०१२०-२७९-९०६
परामर्शदाता
वकिल
परामर्श गरिने प्रमुख विषय
कार्यस्थलमा भएको समस्या, सवारी दुर्घटना, निवास, विवाह, सम्बन्ध विच्छेद आदि, कानून सम्बन्धि समस्या
प्रयोग गर्ने तरिका
सबैभन्दा पहिले टेलिफोन ( ०१२०-२७९-९०६ ) गरेर कार्यालय आउने दिनको लागि आरक्षण गर्नुहोस् |

आवेदन गर्ने तरिकाको विस्तृत विवरण यहाँ pdfファイル

सावधानीहरू र आवेदन पत्र यहाँ

●सावधानीहरू (विदेशीहरूको निशुल्क कानुनी परामर्श भेलाको बारेमा ) pdfファイル

● कानुनी परामर्श आवेदन पत्र PDF pdfファイル

●कानुनी परामर्श आवेदनपत्र Excel Excelファイル

बसोबास प्रक्रिया सम्बन्धी परामर्श
परामर्श दिन
हरेक महिनाको पहिलो सोमबार र चौथो शनिबार
समय
(पहिलो सोमबार) 16:30~18:30 ※18:00 बजेसम्म काउन्टर खुला रहनेछ (अग्रिम रूपमा नाम लेखाउनुपर्दैन)
(चौथो शनिबार) 13:00~16:00 ※15:30 बजेसम्म काउन्टर खुला रहनेछ (अग्रिम रूपमा नाम लेखाउनुपर्दैन)
स्थान
कोकुसाइ हिरोबा आदानप्रदान कक्ष (अक्रोस फुकुओका 3F)
परामर्श भाषा
जापानी भाषा। अन्य 21 भाषाहरूमा फोन दोभासेद्वारा सेवा लिन सकिन्छ।
※चौथो शनिबार मात्र अंग्रेजी र चाइनिजको प्रत्यक्ष दोभासे गरिन्छ।
सेवा दिने निकाय
फुकुओका जिल्ला प्रशासनिक महाजन संगठन(092-641-2501)
सेवा दिने व्यक्ति
अध्यागमन कार्यबारे विस्तृत जानकारी भएको वकिल
प्रमुख परामर्श विवरण
राष्ट्रियता, अध्यागमन, बसोबास योग्यता, परिवारलाई जापानमा बोलाउने आदिबारे परामर्श लिन सकिन्छ।